१ इतिहास 15:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसकारण लेवीहरूले योएलका छोरा हेमानलाई नियुक्त गरे। तिनका आफन्तहरूबाट बेरेक्याहका छोरा आसाप र तिनीहरूका मरारी आफन्तहरूबाट कूशायाहका छोरा एतानलाई नियुक्त गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका कुटुम्बहरूबाट बेरेक्याहका छोरा आसाप, र तिनीहरूका कुटुम्ब मरारीहरूबाट कूशायाहका छोरा एतानलाई, Viz kapitolaसरल नेपाली पवित्र बाइबल17-21 गायकहरूका गोत्रबाट उनीहरूले पीतलका झ्याम्टा बजाउन योएलको छोरो हेमान, तिनको आफन्त बेरेक्याहको छोरो आसाप र मरारीका गोत्रबाट कूशायाहको छोरो एतानलाई छाने। तिनीहरूलाई सघाउन उनीहरूले यी लेवीहरूलाई चर्को सोर भएका वीणाहरू बजाउन छाने— जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, मासेयाह र बनायाह। मधुरो सोरमा वीणा बजाउन तिनीहरूले यी लेवीहरूलाई छाने– मत्तित्याह, एलीपलेहू, मिक्नेयाह, अजज्याह र मन्दिरका पहरादारहरू ओबेद-एदोम र यीएल। Viz kapitolaपवित्र बाइबल17 तब लेवीहरूले हेमान अनि उसका दाज्यू-भाइहरू आसाप अनि एतानलाई ल्याए। जो हेमान योएलका छोरा थिए। आसाप बेरेक्याहका छोरा थिए। एतान कुशायाहका छोरा थिए। यी मानिसहरू मरारीका परिवार समूहका थिए। Viz kapitola |