१ इतिहास 15:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 किनकि पहिलो पटक सन्दुक ल्याउँदा तपाईं लेवीहरूले नबोकेको कारणले नै याहवेह हाम्रा परमेश्वरको क्रोध हाम्रो विरुद्धमा परेको थियो। हामीले ठिक तरिकाले सन्दुकलाई कसरी ल्याउने हो भनी उहाँसित सल्लाह लिएनौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिमीहरू पहिलो पल्ट त्यहाँ उपस्थित नभएकाले परमप्रभु हाम्रा परमेश्वर हामीमाथि क्रोधित हुनुभयो। किनकि हामीले त्यो कसरी ल्याउनुपर्ने हो भनी उहाँको अगुवाइ हामीले खोजेनौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 पहिलोपल्ट त्यो बोक्न तिमीहरू थिएनौ र हामीले उचित प्रकारले बोक्न परमप्रभु हाम्रा परमेश्वरलाई नसोधेका हुनाले उहाँले हामीलाई दण्ड दिनुभयो।” Viz kapitolaपवित्र बाइबल13 अघिल्लो पल्ट करारको सन्दूक कसरी बोक्नु पर्ने भनी हामीले परमप्रभुलाई सोधेनौं। तिमी लेवीहरूले त्यो बोकेनौ अनि त्यसै कारण परमप्रभुले हामीलाई दण्ड दिनुभयो।” Viz kapitola |