१ इतिहास 13:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 दावीद र तिनीसँग भएका सारा इस्राएलीहरू करूबहरूका बीच सिंहासनमा विराजमान हुनुहुने याहवेह परमेश्वरका नामले कहलाइएको सन्दुकलाई ल्याउन भनी यहूदाको बालाहमा (किर्यत-यारीम) गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब दाऊद र सबै इस्राएलीहरू यहूदामा पर्ने बाला, अर्थात् किर्यत-यारीममा करूबहरूका बीचमा विराजमान हुनुहुने परमेश्वर परमप्रभुको उहाँकै नाउँले कहलाएको सन्दूक लिनलाई उक्लेर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 दाऊद र ती मानिसहरू यहूदा देशको बाला सहर जाने किर्यत-यारीममा गए। तिनीहरू परमेश्वरको करारको सन्दुक लिई आउन त्यहाँ गए, जुन सन्दुक परमप्रभुको नाउँले कहलाइएको र त्यसमाथि उहाँ पखेटा भएका करूबहरूका बीचमा विराजमान हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल6 दाऊद र तिनका साथमा सबै इस्राएलका मानिसहरू यहूदाको बालाहामा गए। (बालाहा, किर्यत-यारीमको अर्को नाउँ हो।) तिनीहरू करारको सन्दूक बाहिर ल्याउनका निम्ति त्यहाँ गए। त्यो करारको सन्दूक परमप्रभु परमेश्वरको सन्दूक हो। उहाँ करूब स्वर्ग दूतहरूको माथि बस्नुहुन्छ। यो त्यो सन्दूक हो जसलाई परमप्रभुको नाउँद्वारा पुकारिन्छ। Viz kapitola |