१ इतिहास 11:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 यसकारण ती तीन जना पलिश्तीहरूको छाउनीबाट छिरेर गए। अनि बेथलेहेमको मूलढोकाको छेउको कुवाबाट पानी लिएर दावीदकहाँ फर्किआए। तर तिनले त्यो पानी पिउन इन्कार गरे। तिनले पिउनको सट्टा पानीलाई याहवेहको सामु खन्याइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यसैले ती तीन जना वीरहरू पलिश्तीहरूका पङ्क्तिबाट छिरिगएर बेथलेहेमको मूल ढोकाका छेउको कूवाबाट पानी उघाएर दाऊदकहाँ ल्याए। तर दाऊदले त्यो पिउन इन्कार गरे। बरु तिनले त्यो पानी परमप्रभुको अगि खन्याएर भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 ती ‘तीन प्रख्यात’ सिपाहीहरू आफ्ना पाखुराका बलले पलिश्तीहरूका छाउनी बीचबाट छिरेर गए र त्यस कुवाबाट केही पानी उघाएर दाऊदकहाँ ल्याए। तर उनले पानी पिउन मानेनन् बरु त्यो परमप्रभुलाई भेटीस्वरूप चढाए Viz kapitolaपवित्र बाइबल18 तर ती तीन जना वीरहरूले पलिश्ती सेनाहरूको बीच भएर युद्धगर्दै बाटो पैल्याए र यी तीन व्यक्तिहरूले बेतलेहेमको शहरद्वार छेउको कूवाबाट केही पानी लिए। तब ती तीन वीरहरूले ल्याएको पानी दाऊदकहाँ ल्याए। दाऊदले पानी पिउन अस्वीकार गरे। तिनले त्यो पानी परमप्रभुलाई भेटीको रूपमा भूइँमा खन्याए। Viz kapitola |