१ इतिहास 10:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 शाऊलको मृत्यु भयो; किनकि तिनी याहवेहप्रति विश्वासयोग्य थिएनन्। त्यसकारण तिनले याहवेहको वचन पालन गरेनन्, तब तिनले अगुवाइको निम्ति तन्त्रमन्त्रको सल्लाह लिए; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यसरी शाऊलले आफ्नो अविश्वासले गर्दा ज्यान गुमाउनुपर्यो। तिनले परमेश्वरको वचनलाई उल्लङ्घन गरेर भूतप्रेत खेलाउनेको सरसल्लाह लिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13-14 शाऊल मरे किनभने तिनी परमप्रभुप्रति विश्वासयोग्य भएका थिएनन्। तिनले परमप्रभुका आज्ञा मानेनन् र परमप्रभुको सट्टा भूत-प्रेत खेलाउनेहरूसित सल्लाह लिएर अगुवाइ खोज्ने चेष्टा गरे। यसकारण परमप्रभुले उनलाई मार्नुभयो र उनको राज्यको शासन यिशैका छोरा दाऊदलाई दिनुभयो। Viz kapitolaपवित्र बाइबल13 शाऊलको मृत्यु भयो किनभने तिनी परमप्रभु प्रति विश्वासनीय भएनन्। शाऊलले परमप्रभुका वचन पालन गरेनन्। शाऊलले परमप्रभुलाई सोध्नुको सट्टा एउटा तन्त्र-मन्त्र गर्नेकहाँ गए अनि तिनको सल्लाह मागे। Viz kapitola |