15 ताँइबाट हामि आउन्या रैबार स्हुनेर दाजुभाइहरु हामिकन भेट्न अप्पियसको बजार र तिन पाटि भुन्न्या ठौरमै आयाछिया। तिनुहरुकन देख्ना बित्तिकै हौसला पायर पावलले परमेसोरकन धन्याबाद दिया।