१ तिमोथि 1:4 - बोटे4 र उनहान्के मानिसइ बनालो काहानि, र कनहुँ नासक्हेलार बुबा पुर्खाको कुरामा दुस्हि बिसे आग्या देहेस्। क्यारेकनि एस्नो कुराइ भनाभन र झगडा मात्रे गराताइ र परमेस्वरमा बिस्वासको जिबन जिउलाहारहान्के केइ पनि फाइदा नागर्ताइ। तर परमेस्वरको धन्दा त बिस्वास गर्लार मानिसहान्इ मात्रे गरे सक्तात्। Viz kapitola |