भजनसंग्रह 4 - सरल नेपाली पवित्र बाइबलसहायताको लागि साँझको प्रार्थना (वाद्य नाइकेको निम्ति - तारको बाजामा दाऊदको भजन) 1 हे परमेश्वर, मेरा रक्षक! मैले प्रार्थना गर्दा मलाई उत्तर दिनुहोस्। म कष्टमा छँदा तपाईंले मलाई सहायता गर्नुभयो। अहिले ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस्। 2 ए मानिसहरू! कहिलेसम्म तिमीहरूले मेरो बदनाम गर्छौ? कहिलेसम्म व्यर्थका कुराहरू मन पराउँछौ र झूटा कुराहरूको पछि लाग्छौ? 3 याद राख, परमप्रभुले धर्मीहरूलाई आफ्नै लागि चुन्नुभएको छ, उहाँलाई पुकार्दा उहाँले मेरो बिन्ती सुन्नुहुन्छ। 4 डरले काँप र पाप गर्न छोड। ओछ्यानमा चुपचाप ढल्केको बेलामा यसबारे गहिरो विचार गर। 5 परमप्रभुलाई उचित बलिदान चढाऊ र उहाँमा भरोसा राख। 6 धेरैले यसरी प्रार्थना गर्छन्: “हे परमप्रभु! हामीलाई धेरै-धेरै आशिष् दिनुहोस्, हामीमाथि दयाको दृष्टि राख्नुहोस्!” 7 तर तिनीहरूले आफ्ना अन्न र मद्यबाट पाउन सक्ने कुनै पनि आनन्दभन्दा तपाईंले मलाई दिनुभएको आनन्द धेरै नै बढी छ। 8 ढल्कँदा म शान्तिसित निदाउँछु। हे परमप्रभु! तपाईंले मात्र मलाई पूरा सुरक्षा र कुशलसित राख्नुहुन्छ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society