भजनसंग्रह 3 - सरल नेपाली पवित्र बाइबलसहायताको लागि बिहानको प्रार्थना (आफ्ना छोरा अब्शालोमबाट भाग्दा दाऊदको भजन) 1 हे परमप्रभु! मेरा कति धेरै शत्रुहरू छन्; मेरा विरुद्धमा उठ्ने मानिसहरू कति धेरै छन्! 2 तिनीहरू मेरो बारेमा कुरा गर्छन् र भन्छन्: “परमेश्वरले त्यसलाई सहायता दिनुहुनेछैन।” 3 तर हे परमप्रभु! सधैँ खतरादेखि जोगाउने तपाईं मेरा ढाल हुनुहुन्छ, तपाईंले मलाई विजय दिनुहुन्छ र ममा फेरि साहस भरिदिनुहुन्छ। 4 म परमप्रभुलाई सहायताको लागि पुकार्छु, उहाँले मलाई आफ्नो पवित्र डाँडाबाट उत्तर दिनुहुन्छ। 5 म ढल्कन्छु र सुत्छु र रातभरि परमप्रभुले मलाई रक्षा गर्नुहुन्छ। 6 मलाई चारैतिर घेरेर बसेका हजारौं शत्रुहरूदेखि म डराउँदिनँ। 7 परमप्रभु, आउनुहोस्! हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्! मेरा सबै शत्रुहरूलाई दण्ड दिनुहोस् र मलाई हानि गर्न नसक्ने गरी तिनीहरूलाई शक्तिरहितको बनाउनुहोस्। 8 विजय परमप्रभुले दिनुहुन्छ: उहाँले आफ्ना प्रजालाई आशीर्वाद देऊन्! |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society