Online Bible

- Reklamy -

भजनसंग्रह 28 - सरल नेपाली पवित्र बाइबल


सहायताको लागि प्रार्थना

1 हे परमप्रभु, मेरा रक्षक! म तपाईंसँग बिन्‍ती गर्दछु, मेरो पुकार सुन्‍नुहोस्! मलाई उत्तर दिनुभएन भने मृत्‍यु-लोकमा जानेहरूको माझमा म पनि हुनेछु।

2 मद्दतको लागि मैले पुकार गरेको बेलामा, मैले तपाईंको पवित्र मन्‍दिरतिर आफ्‍ना हात उचाल्‍दा मेरो बिन्‍ती सुन्‍नुहोस्।

3 दुष्‍ट र खराबी गर्नेहरूका साथमा मलाई दण्‍ड नदिनुहोस्। जसका बोली मीठा त छन् तर तिनीहरूका हृदय घृणाले भरिएका छन्।

4 तिनीहरूका यस्‍ता सबै कामहरूका लागि, तिनीहरूलाई सजायँ दिनुहोस्। किनकि तिनीहरूले दुष्‍ट काम गरेका छन्। तिनीहरूलाई उचित सजायँ दिनुहोस्!

5 परमप्रभुले के काम गर्नुभएको छ, आफ्‍ना हातले के बनाउनुभएको छ, सो तिनीहरूले हेर्दैनन्। यसकारण उहाँले तिनीहरूलाई दण्‍ड दिनुहुनेछ, सधैँको लागि तिनीहरूलाई नाश गर्नुहुनेछ।

6 परमप्रभुको प्रशंसा होस्, उहाँले मेरो मद्दतको लागि पुकार सुन्‍नुभएको छ।

7 परमप्रभुले मलाई रक्षा गर्नुहुन्‍छ र मलाई बचाउनुहुन्‍छ; म उहाँमाथि भरोसा राख्‍छु। उहाँले मलाई सहायता गर्नुहुन्‍छ र आनन्‍द दिनुहुन्‍छ, आनन्‍दका गीतले म उहाँको प्रशंसा गर्छु।

8 परमप्रभुले आफ्‍ना जनहरूको रक्षा गर्नुहुन्‍छ, उहाँले आफूले चुनेको राजालाई रक्षा गर्नुहुन्‍छ र बचाउनुहुन्‍छ।

9 हे परमप्रभु! आफ्‍ना जनहरूलाई बचाउनुहोस्, तपाईंका आफ्‍ना मानिसहरूलाई आशिष् दिनुहोस्। तिनीहरूका गोठाला हुनुहोस् र सधैँभरि तिनीहरूको हेरचाह गर्नुहोस्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy