Online Bible

- Reklamy -

भजनसंग्रह 26 - सरल नेपाली पवित्र बाइबल


असल मानिसको प्रार्थना

1 हे परमप्रभु! मलाई निर्दोष ठहराउनुहोस् किनभने जे ठीक छ, सो म गर्दछु र तपाईंमा पूरा भरोसा राख्‍छु।

2 हे परमप्रभु! मलाई जाँच्‍नुहोस् र मेरो परीक्षा लिनुहोस्, मेरा सोच र इच्‍छामाथि विचार गर्नुहोस्।

3 तपाईंको अटुट प्रेमले मलाई बाटो देखाउँछ, तपाईंको विश्‍वासयोग्‍यताले मलाई सधैँ डोर्‍याउँछ।

4 म बेकामका मानिसहरूको साथ लाग्‍दिनँ, कपटीहरूसँग मेरो केही काम छैन।

5 दुष्‍ट मानिसहरूको सङ्गत म घृणा गर्दछु र दुष्‍ट मानिसहरूदेखि जोगिंदछु।

6 हे परमप्रभु! म निर्दोष छु भनी बताउन म आफ्‍ना हात धुन्‍छु, म तपाईंको वेदीको चारैपट्टि तपाईंको दण्‍डवत् गर्दै फेरो लगाउँछु।

7 म धन्‍यवादको भजन गाउँछु र तपाईंका सबै उदेकका कामबारे वर्णन गर्दछु।

8 हे परमप्रभु! म तपाईंको बासस्‍थान, तपाईंको महिमा रहने ठाउँलाई प्रेम गर्दछु।

9 पापीहरूसँग मलाई नाश नपार्नुहोस्, हत्‍याराहरूको कुगतिदेखि मलाई बचाउनुहोस्।

10 ती हत्‍याराहरू सधैँ खराबी गर्न र घुस लिन तयार रहन्‍छन्।

11 मेरो बारेमा भनूँ– जे ठीक छ, सो म गर्दछु, मलाई दया गर्नुहोस् र बचाउनुहोस्।

12 म सबै विपत्तिदेखि बाँचेको छु, उहाँका जनहरू भेला भएको सभामा म परमप्रभुलाई प्रशंसा गर्छु।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy