भजनसंग्रह 23 - सरल नेपाली पवित्र बाइबलपरमप्रभु हाम्रा गोठाला 1 परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई चाहिएका सबै थोक म पाउँछु। 2 उहाँले मलाई हरियो घाँसको चउरमा लेटाउनुहुन्छ र ताजा पानीले भरेको शान्त पोखरीमा उहाँले मलाई लैजानुहुन्छ। 3 उहाँले मलाई नयाँ बल दिनुहुन्छ, आफ्नो प्रतिज्ञाअनुसार उहाँले मलाई ठीक बाटोमा डोर्याउनुहुन्छ। 4 घोर अन्धकारका बीचबाट भएर जानुपरे पनि हे परमप्रभु! म डराउनेछैनँ किनभने तपाईं मेरो साथ हुनुहुन्छ, तपाईंको गोठालाका छडी र लाठोले मेरो रक्षा गर्छन्। 5 मेरा शत्रुहरूले देख्ने गरी तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ मलाई आदरणीय पाहुनालाई झैँ स्वागत गर्नुहुन्छ र मेरो कचौरा पोखिञ्जेल भरिदिनुहुन्छ। 6 म जान्दछु कि तपाईंका भलाइ र प्रेम मसँग जीवनभरि रहनेछन् र म बाँचुञ्जेल सदासर्वदा तपाईंको घर मेरो घर हुनेछ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society