Online Bible

- Reklamy -

भजनसंग्रह 2 - सरल नेपाली पवित्र बाइबल


परमेश्‍वरले चुन्‍नुभएको राजा

1 किन जाति-जातिले विद्रोह गर्ने युक्ति गर्छन्? किन मानिसहरूले व्‍यर्थका जाल रच्‍छन्?

2 तिनीहरूका राजाहरूले विद्रोह गर्छन्, तिनीहरूका शासकहरूले परमप्रभुको विरुद्ध र उहाँले चुन्‍नुभएको राजाको विरुद्ध जाल रच्‍छन्।

3 “तिनीहरूका राज्‍यदेखि हामी छुटौं; तिनीहरूको बन्‍धन फालिदिऔं,” भनी तिनीहरू भन्‍छन्।

4 स्‍वर्गमा आफ्‍नो सिंहासनबाट परमप्रभु हाँस्‍नुहुन्‍छ र तिनीहरूका कमजोर युक्तिलाई खिसी गर्नुहुन्‍छ।

5 तब आफ्‍नो रिसले उहाँले तिनीहरूलाई चेतावनी दिनुहुन्‍छ र आफ्‍नो क्रोधमा तिनीहरूलाई थर्कमान पार्नुहुन्‍छ।

6 उहाँ भन्‍नुहुन्‍छ, “मेरो पवित्र डाँडा सियोनमा मैले आफ्‍ना राजालाई नियुक्त गरेको छु।”

7 राजा भन्‍छन्, “परमप्रभुले के भन्‍नुभएको छ, सो म सुनाउनेछु। उहाँले मलाई भन्‍नुभयो, ‘तँ मेरो छोरो होस्; आजदेखि म तेरो बुबा भएको छु।

8 माग र म तँलाई सबै देशहरू दिनेछु, सारा पृथ्‍वी तेरो हुनेछ।

9 तैँले फलामको डन्‍डाले तिनीहरूलाई तोड्‍नेछस् र माटाका भाँडालाई झैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछस्’।”

10 राजाहरू हो! यो चेतावनी सुन; संसारका शासक हो! यो पाठ सिक।

11 डरसँग परमप्रभुको सेवा गर;

12 काम्‍दै उहाँलाई दण्‍डवत् गर। होइन भने उहाँको रिस छिटो जाग्‍नेछ र तिमीहरू अचानक मर्नेछौ। आफ्‍नो सुरक्षाको लागि परमेश्‍वरकहाँ जानेहरू प्रसन्‍न रहन्‍छन्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy