Online Bible

- Reklamy -

भजनसंग्रह 19 - सरल नेपाली पवित्र बाइबल


सृष्‍टिमा परमेश्‍वरको महिमा

1 कति छर्लङ्गै आकाशले परमेश्‍वरको महिमा देखाउँछ! कति सरल प्रकारले त्‍यसले उहाँका काम देखाउँछ!

2 हरेक नयाँ दिनले भोलि फेरि आउने दिनलाई जनाउँछ र हरेक रातले भोलि फेरि आउने रातलाई दोहोर्‍याई सुनाउँदछ।

3 कुनै बोली वा भाषा छैन, केही आवाज सुनिंदैन,

4 तर तिनीहरूको आवाज सारा संसारमा पुग्‍दछ र पृथ्‍वीको अन्‍तसम्‍मै सुनिन्‍छ। परमेश्‍वरले आकाशमा घामको लागि ठाउँ राख्‍नुभएको छ।

5 त्‍यो बिहानै निस्‍केको हर्षित दुलहाजस्‍तै निस्‍कन्‍छ। दौडमा दगुर्ने उत्‍सुक मानिसजस्‍तो त्‍यो निस्‍कन्‍छ।

6 आकाश पार गरी त्‍यो अर्को कुनामा पुग्‍दछ र त्‍यसको तापदेखि कोही पनि लुक्‍न सक्‍दैन।


परमप्रभुको व्‍यवस्‍था

7 परमप्रभुको व्‍यवस्‍था सिद्ध छ; त्‍यसले नयाँ बल दिन्‍छ। परमप्रभुका आज्ञाहरू विश्‍वासयोग्‍य छन्, त्‍यसले बुद्धि नभएकालाई बुद्धि दिन्‍छ।

8 परमप्रभुका व्‍यवस्‍थाहरू ठीक छन् र जसले आज्ञाहरूलाई पालन गर्दछ त्‍यो प्रसन्‍न रहन्‍छ। परमप्रभुका आज्ञाहरू न्‍यायपूर्ण छन् र त्‍यसले मानिसको मनमा बुझ्‍ने समझ दिँदछ।

9 परमप्रभुको भय मान्‍नु असल छ र सदाकालको निम्‍ति स्‍थिर रहनेछ। परमप्रभुका निसाफहरू न्‍यायपूर्ण छन् र सधैँ न्‍यायसङ्गत हुन्‍छन्।

10 निखुर सुनभन्दा धेरै चाहना गर्ने लायकका छन्, सबैभन्दा शुद्ध महभन्दा पनि मीठा छन्।

11 तिनले म तपाईंको दासलाई ज्ञान दिन्‍छन्, ती मानेको कारणले मैले इनाम पाउँछु।

12 आफ्नो भुल कसैले देख्‍न सक्‍दैन, गुप्‍त दोषहरूदेखि, हे परमप्रभु, मेरो उद्धार गर्नुहोस्!

13 मनले चाहेर गरिने पापदेखि मलाई जोगाउनुहोस्, त्‍यस्‍ता पापले ममाथि अधिकार नगरोस्। तब म सिद्ध हुनेछु र पापको खराबीबाट छुटेको हुनेछु।

14 मेरा शब्‍द र मेरा सोच तपाईंलाई ग्रहणयोग्‍य होऊन्। हे परमप्रभु, मेरो शरणस्‍थान र उद्धारक!

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy