Online Bible

- Reklamy -

भजनसंग्रह 16 - सरल नेपाली पवित्र बाइबल


भरोसाको प्रार्थना

1 हे परमेश्‍वर, मलाई सुरक्षा गर्नुहोस्, रक्षाको लागि म तपाईंमा भरोसा गर्दछु।

2 म परमप्रभुलाई भन्‍छु, “तपाईं मेरा प्रभु हुनुहुन्‍छ। मसँग भएका सबै असल कुरा तपाईंबाट आएका हुन्।”

3 परमप्रभुका विश्‍वासीजनहरू कति असल हुन्‍छन्! म तिनीहरूसँग रहन पाएमा ठूलो आनन्‍द पाउँछु।

4 अन्‍य देवताहरूतिर दगुर्नेहरूले आफैंमाथि धेरै कष्‍ट ल्‍याउँछन्। म तिनीहरूको बलिदानमा केही भाग लिनेछैनँ, म तिनीहरूका देवतालाई पुज्‍नेछैनँ।

5 परमप्रभु! तपाईं मेरो सर्वस्‍व हुनुहुन्‍छ र मलाई चाहिएका हरेक थोक तपाईंले दिनुहुन्‍छ, मेरो भविष्‍य तपाईंको हातमा छ।

6 तपाईंले मलाई दिनुभएका दानहरू कति राम्रा र उदेकका छन्!

7 म परमप्रभुको प्रशंसा गर्छु किनभने उहाँले मेरो अगुवाइ गर्नुहुन्‍छ र राती मेरो विवेकले मलाई सावधान गराउँदछ।

8 सदा परमप्रभु उपस्‍थित हुनुभएको म थाहा पाउँदछु, उहाँ नजिक हुनुहुन्‍छ, कुनै कुराले मलाई हल्‍लाउन सक्‍दैन।

9 यसैले म आनन्‍दित र धन्‍यवादी छु, मैले आफैंलाई पूरा सुरक्षित पाउँछु

10 किनभने तपाईंले मलाई मृत्‍युको शक्तिबाट रक्षा गर्नुहुन्‍छ। तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछैन।

11 तपाईंले मलाई जीवनमा पुर्‍याउने बाटो देखाउनुहुन्‍छ, तपाईंको उपस्‍थितिले मलाई आनन्‍दले भरिदिनुहुन्‍छ र मलाई सदासर्वदाको लागि सुख-चैन हुन्‍छ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy