Online Bible

- Reklamy -

भजनसंग्रह 150 - सरल नेपाली पवित्र बाइबल


परमप्रभुको प्रशंसा

1 परमप्रभुको प्रशंसा गर! उहाँको पवित्र मन्‍दिरमा परमेश्‍वरको प्रशंसा गर! स्‍वर्गमा उहाँको सामर्थ्‍यको प्रशंसा गर!

2 उहाँले गर्नुभएको शक्तिशाली कामहरूको निम्‍ति उहाँको प्रशंसा गर, उहाँको सर्वोच्‍च महान्‌ताको प्रशंसा गर!

3 तुरही फुकेर उहाँको प्रशंसा गर, वीणा र सितार बजाएर उहाँको प्रशंसा गर!

4 ढोल बजाएर नाच्‍दै उहाँको प्रशंसा गर, वीणा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!

5 झ्‍याली बजाएर उहाँको प्रशंसा गर, जोडले झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली बजाएर उहाँको प्रशंसा गर!

6 सबै जीवित प्राणीहरूले परमप्रभुको प्रशंसा गर! परमप्रभुको प्रशंसा गर!

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy