भजनसंग्रह 15 - सरल नेपाली पवित्र बाइबलपरमेश्वरले के चाहनुहुन्छ? 1 हे परमप्रभु, तपाईंको मन्दिरमा को पस्न पाउँछ? तपाईंको पवित्र डाँडा सियोनमा कसले पुज्न पाउँछ? 2 त्यस व्यक्ति, जसले सबै कुरामा परमेश्वरका आज्ञा मान्छ, जसले सधैँ ठीक काम गर्छ, जसका वचन साँचा र इमानदार हुन्छ 3 र जसले अर्काको निन्दा गर्दैन। उसले आफ्ना साथीको खराबी गर्दैन, आफ्ना छिमेकीहरूका बारेमा झूट कुरा फैलाउँदैन। 4 परमेश्वरले त्यागेकाहरूलाई उसले घृणा गर्छ, तर परमप्रभुका आज्ञा मान्नेहरूलाई आदर गर्छ। उसले आफ्नो प्रतिज्ञा सधैँ पूरा गर्छ, त्यसो गर्न आफूलाई जति नै हानि भए पनि त्यो उसले पूरा गरी छोड्छ। 5 उसले ऋण दिँदा ब्याज लिंदैन, घुस लिएर निर्दोष मानिसको विरुद्धमा गवाही दिँदैन। त्यसो गर्ने मानिसले सधैँ सुरक्षा पाउनेछ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society