Online Bible

- Reklamy -

भजनसंग्रह 146 - सरल नेपाली पवित्र बाइबल


मुक्तिदाता परमेश्‍वरको प्रशंसा

1 परमप्रभुको प्रशंसा गर! हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌!

2 म बाँचुञ्‍जेल उहाँको प्रशंसा गर्नेछु, मेरो जीवनभरि म मेरो परमेश्‍वरको स्‍तुति गर्नेछु।

3 संसारका अगुवाहरूमाथि भरोसा नगर, मरणशील मानिसले तिमीलाई बचाउन सक्‍दैन।

4 तिनीहरू मर्दा धुलोमा फर्किजान्‍छन्, त्‍यस दिन तिनीहरूका सबै युक्तिहरूको अन्‍त हुन्‍छ।

5 जुन मानिसले याकूबका परमेश्‍वरको सहायता पाउँदछ र आफ्‍नो परमेश्‍वर परमप्रभुमा भर पर्दछ, ऊ खुसी हुन्‍छ।

6 स्‍वर्ग, पृथ्‍वी, समुद्र र त्‍यहाँ भएका सबै कुराका सृष्‍टि गर्ने उहाँ परमेश्‍वर हुनुहुन्‍छ। उहाँले सधैँ आफ्‍ना प्रतिज्ञा पूरा गर्नुहुन्‍छ।

7 उहाँले सताइएकाहरूको पक्षमा भएर न्‍याय गर्नुहुन्‍छ, उहाँले भोकाहरूलाई भोजन दिनुहुन्‍छ। परमप्रभुले कैदीहरूलाई छुटकारा दिनुहुन्‍छ

8 र अन्‍धाहरूलाई आँखा दिनुहुन्‍छ। उहाँले लडेकाहरूलाई उठाउनुहुन्‍छ, उहाँले आफ्‍ना धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्‍छ।

9 हाम्रा देशमा बास गर्ने परदेशीहरूलाई उहाँले रक्षा गर्नुहुन्‍छ, उहाँले विधवा र टुहुरा-टुहुरीहरूलाई सहायता गर्नुहुन्‍छ, तर दुष्‍टको युक्तिलाई नाश गर्नुहुन्‍छ।

10 परमप्रभु सदासर्वदा राजा हुनुहुन्‍छ, हे सियोन, तिम्रा परमेश्‍वरले सदाकालको निम्‍ति राज्‍य गर्नुहुनेछ। परमप्रभुको प्रशंसा गर!

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy