भजनसंग्रह 133 - सरल नेपाली पवित्र बाइबलमेल-मिलापको प्रशंसा 1 परमेश्वरका जनहरूले आपसमा मेलमिलापसँग जीवन बिताएको कति उदेक र आनन्दको कुरा हो! 2 त्यो त दामी अभिषेकको तेल हारूनको टाउकोदेखि दाह्रीसम्म बहेको र त्यहाँबाट पनि उसका वस्त्रको कठालोसम्मै झरेको जस्तो हो। 3 त्यो हेर्मोन पहाडमा परेको शीत, सियोन डाँडामा पर्दैगरेको शीतजस्तो हो। त्यहीँ परमप्रभुले आफ्नो आशिष् दिने प्रतिज्ञा गर्नुभएको छ, उहाँले अनन्त जीवन दिने प्रतिज्ञा दिनुभएको छ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society