भजनसंग्रह 131 - सरल नेपाली पवित्र बाइबलविनम्र भरोसासहित प्रार्थना 1 हे परमप्रभु, मैले आफ्नो घमण्ड छोडेको छु र अहङ्कारदेखि मुख फर्काएको छु। ठूल्ठूला कुराहरू वा मलाई बुझ्न अति गाह्रो पर्ने विषयहरूसँग मेरो केही वास्ता छैन। 2 त्यसको सट्टामा म सन्तोष र शान्तिमा छु, जसरी बालक आमाको काखमा चुप भई सुत्छ, त्यसरी मेरो हृदय मभित्र शान्त छ। 3 हे इस्राएल, अहिले र सदासर्वदा परमप्रभुमा भरोसा राख्! |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society