Online Bible

- Reklamy -

भजनसंग्रह 130 - सरल नेपाली पवित्र बाइबल


सहायताको लागि प्रार्थना

1 दु:ख-पीडाको गहिराइबाट म तपाईंलाई पुकार्दछु, हे परमप्रभु!

2 मेरो पुकार सुन्‍नुहोस्, हे प्रभु! सहायताको लागि मेरो पुकार सुन्‍नुहोस्!

3 यदि तपाईंले हाम्रा पापहरूको लेखा राख्‍नुभएको हुँदो हो ता दोषी नठहरी को उम्‍कन सक्‍दथ्‍यो र?

4 तर तपाईंले हामीलाई क्षमा दिनुहुन्‍छ, यसर्थ हामी भय र भक्तिसाथ तपाईंको सामु खडा रहन सक्‍छौं।

5 म उत्‍सुकतापूर्वक परमप्रभुको सहायताको बाटो हेर्दछु र उहाँको वचनमा भरोसा राख्‍दछु

6 पहरेदारहरूले बिहानको बाटो हेरेझैँ अँ, त्‍यसले बिहानको बाटो हेरेको भन्दा पनि बढी म परमप्रभुको बाटो हेर्छु।

7 हे इस्राएल, परमप्रभुमा भरोसा राख किनभने उहाँको प्रेम अटल छ र उहाँ बचाउनलाई सधैँ तयार हुनुहुन्‍छ।

8 उहाँले आफ्‍ना इस्राएली जनहरूलाई तिनीहरूका सबै पापबाट उद्धार गर्नुहुनेछ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy