भजनसंग्रह 13 - सरल नेपाली पवित्र बाइबलसहायताको लागि प्रार्थना 1 हे परमप्रभु! मलाई अझै कहिलेसम्म भुल्नुहुन्छ? के सधैँको लागि भुल्नुहुन्छ? अझै कतिसम्म तपाईं मदेखि लुकिबस्नुहुनेछ? 2 कहिलेसम्म मैले कष्ट सहनुपर्ने हो? कहिलेसम्म अफसोसले भरिएर मेरो हृदय रात-दिन रहने हो? कहिलेसम्म मेरा शत्रुहरूले मलाई जित्नेछन्? 3 हे परमप्रभु, मेरा परमेश्वर, मलाई हेर्नुहोस् र जवाफ दिनुहोस्। मेरो शक्ति फिर्ता दिनुहोस्, मलाई मर्न नदिनुहोस्। 4 मेरा शत्रुहरूले भन्न नपाऊन्, “हामीले त्यसलाई जितेका छौं।” म लडेकोमा तिनीहरू रमाउन नपाऊन्। 5 म तपाईंको अटुट प्रेममा भर परेर बस्छु, म खुसी हुनेछु किनभने तपाईंले मलाई बचाउनुहुनेछ। 6 हे परमप्रभु! म तपाईंको स्तुति गाउनेछु किनभने तपाईं मप्रति कृपालु हुनुभएको छ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society