Online Bible

- Reklamy -

भजनसंग्रह 129 - सरल नेपाली पवित्र बाइबल


इस्राएलका शत्रुहरूको विरुद्ध प्रार्थना

1 हे इस्राएल, तिमी युवा छँदादेखि अहिलेसम्‍म तिम्रा शत्रुहरूले कसरी तिमीलाई सताए, सो बयान गर।

2 “म युवा छँदैदेखि मलाई मेरा शत्रुहरूले निठुर भएर सताए, तर तिनीहरूले कहिल्‍यै मलाई जित्‍न सकेनन्।

3 तिनीहरूले मेरा ढाडमा गहिरा चोटहरू पारे र त्‍यसलाई जोतेको खेतबारीजस्‍तो बनाए।

4 तर परमप्रभु धर्मी हुनुहुन्‍छ र उहाँले मलाई दासत्‍वबाट मुक्त गर्नुभएको छ।”

5 सियोनलाई घृणा गर्ने सबै जना हारेर भागून्!

6 तिनीहरू घरका धुरीमा भएको घाँसजस्‍तै होऊन्, जो बढ्‍नुअघि नै ओइलाइहाल्‍छ।

7 कसैले त्‍यसलाई बटुलेर वा मुठा बाँधी लैजान सक्‍दैन।

8 त्‍यहाँबाट हिँड्‍ने कसैले तिनीहरूलाई यसो भन्‍नेछैनन्: “परमप्रभुले तिमीलाई आशिष् देऊन्! परमप्रभुको नाममा हामी तिमीलाई आशिष् दिँदछौं।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy