Online Bible

- Reklamy -

भजनसंग्रह 128 - सरल नेपाली पवित्र बाइबल


परमप्रभुमा आज्ञाकारीहरूलाई इनाम

1 ज-जसले परमप्रभुका आज्ञा मान्‍दछन् र उहाँका आज्ञाअनुसार जिउँछन्, तिनीहरू खुसी रहन्‍छन्।

2 तिम्रा हातका कमाइ सबै खाँचोहरूको लागि पुग्‍दो हुनेछ, तिमीलाई आनन्‍द र फलिफाप हुनेछ।

3 तिम्रा घरमा तिम्री पत्‍नी फल दिने अङ्‌गुरको बोटजस्‍तै हुनेछिन्‌ र तिम्रा टेबिलका चारैतिर तिम्रा छोरा-छोरीहरू कलिला भद्राक्षका मुनाझैँ हुनेछन्।

4 परमप्रभुको आज्ञा मान्‍ने मानिसले साँच्‍चै यस्‍तै आशिष् पाउनेछ।

5 परमप्रभुले तिमीलाई सियोनबाट आशिष् देऊन्! जीवनभरि तिमीले यरूशलेमले उन्‍नति गरेको देख्‍न पाउनेछौ!

6 तिमीले आफ्‍ना नाति-नातिनीहरू देख्‍न पाउनेछौ! इस्राएलमा शान्‍ति रहोस्!

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy