Online Bible

- Reklamy -

भजनसंग्रह 127 - सरल नेपाली पवित्र बाइबल


परमप्रभुको भलाइको प्रशंसा

1 परमप्रभुले घर बनाउनुभएन भने घर बनाउनेहरूको काम व्‍यर्थ हुन्‍छ। परमप्रभुले सहरको रक्षा गर्नुभएन भने पहरादारहरूले पहरा गर्नु व्‍यर्थ छ।

2 भोजनको निम्‍ति परिश्रम गर्न बिहान सबेरै उठ्‍नु र राती अबेर सुत्‍न जानु व्‍यर्थ छ किनकि उहाँले आफ्‍ना प्रियहरूलाई निद्रा दिनुहुन्‍छ।

3 छोरा-छोरीहरू परमप्रभुका दान हुन्, तिनीहरू साँचो आशिष् हुन्।

4 युवावस्‍थामा जन्‍मेका छोराहरू वीरका हातमा भएका काँडजस्‍ता हुन्।

5 आफूसँग यस्‍ता काँड धेरै भएको मानिस प्रसन्‍न रहन्‍छ। न्‍याय गरिने ठाउँमा आफ्‍ना शत्रुहरूसँग भेट हुँदा कहिल्‍यै उसको हार हुनेछैन।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy