Online Bible

- Reklamy -

भजनसंग्रह 126 - सरल नेपाली पवित्र बाइबल


छुटकाराको लागि प्रार्थना

1 परमप्रभुले हामीलाई यरूशलेममा फर्काएर ल्‍याउनुभएको कुरा एउटा सपनाजस्‍तो थियो!

2 हामी कति हाँस्‍यौं, कति खुसीले गायौं! र अरू जातिहरूले हाम्रा बारेमा भने: “परमप्रभुले तिनीहरूको लागि महान् कार्यहरू गर्नुभयो।”

3 साँच्‍चै उहाँले हाम्रो निम्‍ति महान् कार्यहरू गर्नुभयो, हामी कति खुसी भयौं!

4 जसरी वर्षाले सुखा नदीमा पानी ल्‍याउँदछ, हे परमप्रभु! त्‍यसरी नै हाम्रो सुख-शान्‍ति फर्काइदिनुहोस्।

5 रुँदै बिउ छर्नेहरूले आनन्‍दसाथ बाली काटून्।

6 बिउ बोकी रुँदै छर्न जानेहरू बाली बोकी आनन्‍दले गाउँदै फर्कनेछन्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy