Online Bible

- Reklamy -

भजनसंग्रह 125 - सरल नेपाली पवित्र बाइबल


परमेश्‍वरका प्रजाको सुरक्षा

1 ज-जसले परमप्रभुमा भरोसा राख्‍छन्, तिनीहरू कहिले नहल्‍लिने र नसर्ने सियोन पहाडजस्‍तै हुन्‍छन्।

2 जसरी पहाडहरूले यरूशलेमलाई घेरेका छन्, त्‍यसरी नै परमप्रभुले आफ्‍ना प्रजालाई अहिले र सदासर्वदा घेरिराख्‍नुहुन्‍छ।

3 दुष्‍टहरूले धर्मीहरूको देशमा सधैँभरि राज्‍य गर्नेछैनन्, नत्र धर्मीहरूले नै दुष्‍ट काम गर्नेथिए।

4 परमप्रभु, भलो गर्ने मानिसहरूसँग र तपाईंका आज्ञा मान्‍नेहरूसँग भलाइ नै गर्नुहोस्।

5 तर तपाईंले दुष्‍टलाई दण्‍ड दिनुहुँदा तपाईंको मार्ग त्‍याग्‍नेहरूलाई पनि दण्‍ड दिनुहोस्। इस्राएलमा शान्‍ति होस्!

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy