Online Bible

- Reklamy -

भजनसंग्रह 124 - सरल नेपाली पवित्र बाइबल


परमेश्‍वर, आफ्‍ना प्रजाका रक्षक

1 परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए के हुन्‍थ्‍यो? हे इस्राएल, जवाफ देऊ!

2 हामीमाथि शत्रु आइलागेका बेलामा परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए,

3 हाम्रा विरुद्धमा भएको आफ्‍नो बल्‍दो रिसमा तिनीहरूले हामीलाई जिउँदै निल्‍नेथिए।

4 पानीले हामीलाई डुबाउनेथियो र भलले हामीलाई बगाई लैजानेथियो।

5 उर्लंदो पानीको भलले हामीलाई डुबाउनेथियो।

6 हामी परमप्रभुलाई धन्‍यवाद चढाऔं, उहाँले हाम्रा शत्रुहरूका हातमा हामीलाई नाश हुन दिनुभएन।

7 शिकारीको पासोदेखि उम्‍केको चराजस्‍तै हामी उम्‍केका छौं, पासो चुँडिएको छ र हामी मुक्त भएका छौं!

8 स्‍वर्ग र पृथ्‍वी बनाउनुहुने परमप्रभुबाट हाम्रो सहायता आउँदछ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy