Online Bible

- Reklamy -

भजनसंग्रह 122 - सरल नेपाली पवित्र बाइबल


यरूशलेमको प्रशंसा

1 तिनीहरूले मलाई “हामी परमप्रभुको भवनमा जाऔं” भन्दा म खुसी भएँ

2 र अहिले हामी यहाँ यरूशलेमको ढोकाभित्र खडा छौं।

3 सुन्‍दर प्रकारले मिलाएर यरूशलेम सहर बनिएको छ।

4 सारा इस्राएलका कुलहरू उहाँका आज्ञाअनुसार, परमप्रभुलाई धन्‍यवाद चढाउन यहीँ आउँछन्।

5 इस्राएलका राजाहरू आफ्‍ना प्रजाको न्‍याय गर्न यहीँ बस्‍थे।

6 यरूशलेमको शान्‍तिको निम्‍ति प्रार्थना गर: “तिमीलाई प्रेम गर्नेहरूको उन्‍नति होस्।

7 तिम्रा पर्खालहरूभित्र शान्‍ति रहोस् र राजदरबारहरूभित्र कुशल रहोस्।”

8 मेरा साथी र कुटुम्‍बहरूको खातिर म यरूशलेमलाई भन्‍दछु, “तिमीलाई शान्‍ति होस्!”

9 परमप्रभु हाम्रा परमेश्‍वरको भवनको खातिर म तिम्रो कल्‍याणको लागि प्रार्थना गर्दछु।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy