भजनसंग्रह 121 - सरल नेपाली पवित्र बाइबलपरमप्रभु हाम्रा रक्षक 1 पर्वतहरूतिर म आफ्ना आँखा उचाल्दछु। मेरो सहायता कहाँबाट आउनेछ? 2 स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभुबाट मेरो सहायता आउनेछ। 3 उहाँले तँलाई लोट्न दिनुहुनेछैन, तेरो रक्षक सधैँ जागा रहनुहुन्छ। 4 इस्राएलका रक्षक न कहिल्यै उँघ्नुहुन्छ न निदाउनुहुन्छ। 5 परमप्रभुले तँलाई रक्षा गर्नुहुनेछ, तेरो रक्षाको लागि उहाँ तेरो छेउमा हुनुहुन्छ। 6 दिउँसो सूर्यले र राती जूनले तँलाई हानि गर्नेछैनन्। 7 परमप्रभुले तँलाई सबै खतरादेखि बचाउनुहुनेछ, उहाँले तँलाई कुशल राख्नुहुनेछ। 8 तँ जाँदा-आउँदा अहिले अनि सधैँभरि उहाँले तेरो रक्षा गर्नुहुनेछ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society