Online Bible

- Reklamy -

भजनसंग्रह 11 - सरल नेपाली पवित्र बाइबल


परमप्रभुमा भरोसा

1 म सुरक्षाको लागि परमप्रभुमा भरोसा गर्दछु, तिमी कति मूर्ख भएर मलाई यसो भन्‍छौ: “चराजस्‍तो उडेर डाँडामा जाऊ

2 किनभने दुष्‍टले धनु निकालेर ‘असल मानिसहरूलाई हान्‍न’ अन्‍धकारमा काँडले ताकेको छ।

3 जब सबै कुरा छिन्‍न-भिन्‍न भएर जान्‍छ, कुनै असल मानिसले केही गर्न सक्‍दैन।”

4 परमप्रभु आफ्‍नो पवित्र मन्‍दिरमा हुनुहुन्‍छ, उहाँको सिंहासन स्‍वर्गमा छ, उहाँले हरेक ठाउँमा मानिसहरूलाई हेर्नुहुन्‍छ र तिनीहरूले गरेका काम जान्‍नुहुन्‍छ।

5 उहाँले धर्मी र दुष्‍ट मानिसहरूलाई एकनास जाँच्‍नुहुन्‍छ, उहाँले नियम पालन नगर्नेहरूलाई हृदयदेखि घृणा गर्नुहुन्‍छ।

6 उहाँले दुष्‍टमाथि बल्‍दो आगो र गन्‍धक खन्‍याउनुहुन्‍छ; डढाइहाल्‍ने बतासले तिनीहरूलाई सोतर पार्नुहुन्‍छ।

7 परमप्रभु धर्मी हुनुहुन्‍छ र असल कामलाई प्रेम गर्नुहुन्‍छ, असल काम गर्नेहरू उहाँको सामु जिउनेछन्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy