भजनसंग्रह 1 - सरल नेपाली पवित्र बाइबलपहिलो भाग ( भजनसंग्रह १—४१ ) साँचो सुख 1 त्यो मानिस सुखी रहन्छ, जो दुष्ट मानिसको सल्लाह मान्दैन, पापीहरूको चालमा चल्दैन वा परमेश्वर नमान्नेहरूको साथ दिँदैन। 2 तर परमप्रभुको व्यवस्था मान्नलाई खुसी हुन्छ र रात-दिन त्यसको अध्ययन गर्छ, 3 त्यो खोलाका छेउमा उम्रेको ठीक समयमा आफ्नो फल दिने र पात पनि नओइलिने रूखजस्तो हुन्छ। त्यसले जुन कुरामा हात लाउँछ, त्यसमा सफल हुन्छ। 4 तर दुष्ट मानिसहरू भने त्यस्ता हुँदैनन्, तिनीहरू त हावाले उडाइलैजाने भुसजस्ता हुन्छन्। 5 पापीहरूलाई परमेश्वरले दोषी ठहराउनुहुन्छ र आफ्ना समुदायदेखि अलग गर्नुहुन्छ। 6 परमप्रभुले धर्मीहरूलाई रक्षा र अगुवाइ गर्नुहुन्छ, तर अधर्मीहरू अन्तमा नाश भएर जान्छन्। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society