Online Bible

- Reklamy -

मलाकीको पुस्तक 4 - सरल नेपाली पवित्र बाइबल


परमप्रभुको दिन

1 सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यो दिन आउँदै छ, त्‍यो दिनचाहिँ आगोको भट्टीजस्‍तै जल्‍नेछ, तब सबै घमण्‍डी र दुष्‍ट मानिसहरू परालजस्‍तै हुनेछन् र आइरहेको त्‍यो दिनले तिनीहरूलाई जलाइदिनेछ। त्‍यस्‍तो हुनेछ कि न त जरा न हाँगा नै रहनेछ।

2 तर तिमीहरू मेरा आज्ञापालन गर्नेहरूमाथि मेरो उद्धारको शक्ति सूर्य उदाएझैँ आउनेछ र त्‍यसले सूर्यको किरणजस्‍तै चङ्गाइ ल्‍याउनेछ। गोठबाट फुक्‍का छोडिएका बाछाहरूझैँ तिमीहरू खुसीले उफ्रनेछौ।

3 जुन दिन म यो काम गर्नेछु, त्‍यो दिन तिमीहरूले दुष्‍टहरूलाई कुल्‍चनेछौ र तिनीहरू तिमीहरूका पैतालामुनिका धुलोझैँ हुनेछन्।

4 “मैले सीनै पर्वतमा सबै इस्राएलीहरूले पालन गर्न मेरो सेवक मोशालाई दिएका व्‍यवस्‍था, नियमहरू र आज्ञाहरूको सम्‍झना गर।

5 “तर परमप्रभुको त्‍यो महान् र डरलाग्‍दो दिन आउनुअघि म तिमीहरूकहाँ एलिया अगमवक्तालाई पठाउनेछु।

6 त्‍यसले बुबाहरूका हृदय छोरा-छोरीहरूतिर र छोरा-छोरीहरूका हृदय बुबाहरूतिर फर्काउनेछ। नत्र त मैले आएर तिमीहरूको देशलाई नाश पार्नुपर्नेछ।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy