Online Bible

- Reklamy -

यर्मिया 47 - सरल नेपाली पवित्र बाइबल


पलिश्‍तीहरूबारे परमप्रभुको सन्‍देश

1 मिश्रका राजाले गाजामाथि आक्रमण गर्नुअघि परमप्रभुले मलाई पलिश्‍तीहरूबारे

2 यसो भन्‍नुभयो, “हेर, उत्तरमा पानी बढिरहेको छ र बाढीमा नदी बढेझैँ बगिआउनेछ। त्‍यसले देश र त्‍यसमा भएका सबै कुराहरू, सहरहरू र त्‍यहाँ बास गर्ने सबैलाई डुबाउनेछ। मानिसहरूले गुहारको निम्‍ति पुकारा गर्नेछन्, देशका सबै बासिन्‍दाहरूले घोर विलाप गर्नेछन्।

3 तिनीहरूले घोडाको टाप बजेको, वेगले रथ कुदेको र तिनका पाङ्ग्राका गुडगुड आवाज सुन्‍नेछन्। बुबाहरूका हातहरू दुर्बल हुनेछन् र तिनीहरू आफ्‍ना छोरा-छोरीहरूलाई सहायता गर्न फर्केर आउनेछैनन्।

4 पलिश्‍ती देशलाई नाश पार्ने, टुरोस र सीदोनलाई सहायता गर्नेहरू मारिने समय आएको छ। म परमप्रभुले क्रेटका किनारबाट आएका सबै पलिश्‍तीहरूलाई नाश गर्नेछु।

5 गाजाका मानिसहरूले शोकमा कपाल खौरने छन्। अश्‍कलोनका बासिन्‍दाहरू चुप भएका छन्। बाँकी पलिश्‍तीहरूले कहिलेसम्‍म शोक गर्ने?

6 चिच्‍च्‍याएर तिमीहरू भन्‍छौ, ‘ए परमप्रभुको तरवार! तँ कहिलेसम्‍म काटमार गरिरहन्‍छस्? आफ्‍नो म्‍यानमा फर्किजा र त्‍यहीं बस् र विश्राम ले!’

7 तर त्‍यसले कसरी विश्राम लिन सक्‍छ? मैले त्‍यसलाई काम दिएको छु, अश्‍कलोनमाथि हमला गर्न र समुद्रका किनारमा बास गर्ने मानिसहरूमाथि आक्रमण गर्न मैले त्‍यसलाई आज्ञा दिएको छु।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy