Online Bible

- Reklamy -

१ इतिहास 8 - सरल नेपाली पवित्र बाइबल


बेन्‍यामीनका सन्‍तानहरू

1 बेन्‍यामीनका पाँच छोराहरू थिए। तिनका उमेरअनुसार जेठो बेला, माहिलो अश्‍बेल, साहिँलो अहरह,

2 काहिँलो नोहा र कान्‍छो रफा थिए।

3 बेलाका सन्‍तान अद्दार, गेरा, अबीहूद,

4 अबीशू, नामान, अहोह,

5 गेरा, शपूपान र हुराम थिए।

6-7 एहूदका सन्‍तान नामान, अहियाह र गेरा थिए। तिनीहरू गेबामा बास गर्ने ती परिवारका प्रधान थिए, जुनहरूलाई गेबा छोडी निस्‍कन कर लागेको थियो र मानहतमा गई बसेका थिए। उज्‍जा र अहीहूदका बुबा गेराले त्‍यस काममा तिनीहरूको अगुवाइ गरेका थिए।

8-9 सहरेमले दुई वटी स्‍वास्‍नी हूशीम र बारासित छुटानाम गरे। पछिबाट मोआब देशमा बास गरेका बेलामा तिनले होदेशलाई विवाह गरे र तिनबाट सात छोराहरू जन्‍मे– योबाब, सिबिअ, मेशा, मल्‍काम,

10 यूस, साकिया र मिर्मा। सहरेमका छोराहरू सबै गोत्र-गोत्रका प्रधान थिए।

11 हूशीमबाट पनि उनका दुई छोराहरू अहीतूब र एल्‍पाल जन्‍मे।

12 एल्‍पालका तीन छोराहरू थिए– एबेर, मिशाम र शेमेद। ओनो र लोद सहरहरू र तिनका चारैपट्टिका गाउँबस्‍तीहरू बसाल्‍ने शेमेद थिए।


गात र अय्‍यालोनका बेन्‍यामीनीहरू

13 गातमा बस्‍ने मानिसहरूलाई धपाउने र अय्‍यालोन सहरमा बसोबास गर्ने परिवारका प्रधानहरू बरीआ र शेमा थिए।

14 बरीआका सन्‍तानमा अहियो, शाशक, यरेमोत,

15 जबदियाह, आराद, एदेर,

16 मिखाएल, यिश्‍पा र योहा थिए।


यरूशलेमका बेन्‍यामीनीहरू

17 एल्‍पालका सन्‍तानका जबदियाह, मशुल्‍लाम, हिज्‍की, हेबेर,

18 यिश्‍मरै, यिज्‍लीअ र योबाब थिए।

19 शिमीका सन्‍तानका याकीम, जिक्री, जब्‍दी,

20 एलीएनै, सिल्‍लतै, एलीएल,

21 अदायाह, बरायाह र शिम्रात थिए।

22 शाशकका सन्‍तानमा यिश्‍पान, एबेर, एलीएल,

23 अब्‍दोन, जिक्री, हानान,

24 हनन्‍याह, एलाम, अन्‍तोतियाह,

25 यिपदिया र पनूएल थिए।

26 यरोहामका सन्‍तान शम्‍शरै, सहर्याह, अतल्‍याह,

27 यारेश्‍याह, एलिया र जिक्री थिए।

28 यिनीहरू परिवार-परिवारका पुर्ख्‍यौलीदेखिका प्रधान र यरूशलेममा बास गर्ने मुख्‍य-मुख्‍य पुरुषहरू थिए।


गिबोन र यरूशलेमका बेन्‍यामीनीहरू

29 यीएलले गिबोन सहर बसाले र त्‍यहाँ बस्‍न लागे। उनकी स्‍वास्‍नीको नाम माका

30 र जेठो छोराको नाम अब्‍दोन थियो। उनका अरू छोराहरू सूर, कीश, बाल, नेर, नादाब,

31 गदोर, अहियो, जेकेर

32 र मिक्‍लोत थिए। मिक्‍लोत शिमाहका बुबा थिए। उनका सन्‍तान आफ्‍ना गोत्रका अरू परिवारहरूछेउ यरूशलेममा बास गर्थे।


शाऊल राजाका सन्‍तान

33 नेर कीशका बुबा र कीशचाहिँ शाऊल राजाका बुबा थिए। शाऊलका चार छोरा थिए– जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बाल।

34 जोनाथन मरीब्‍बालका बुबा थिए र मरीब्‍बाल मीकाका बुबा थिए।

35 मीकाका चार छोराहरू थिए: पीतोन, मेलेक, तारे र आहाज।

36 आहाज यहोअदाका बुबा थिए। आलेमेत, अज्‍मावेत र जिम्री यी तीनका बुबा यहोअदा थिए। जिम्री मोसका बुबा थिए।

37 मोसका छोरा बिनेका, बिनेकाका छोरा रफाह, रफाहका छोरा एलासा र एलासाका छोरा आसेल थिए।

38 आसेलका छ छोराहरू थिए— अज्रीकाम, बोकरू, इश्‍माएल, शार्याह, ओबदिया र हानान।

39 आसेलका भाइ एशेकका तीन छोराहरू थिए— ऊलाम, येऊश र एलीपेलेत।

40 ऊलामका छोराहरू नाम चलेका सिपाही र सिपालु धनुर्धारीहरू थिए। तिनका नाति-पनातिहरू जम्‍मा डेढ सय जना थिए। ज-जसका नाम माथि लेखिएका छन्, उनीहरू बेन्‍यामीन कुलका मानिसहरू हुन्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy