१ इतिहास 7 - सरल नेपाली पवित्र बाइबलइस्साखारका सन्तानहरू 1 इस्साखारका चार छोरा थिए– तोला, पूवा, याशूब र शिम्रोन। 2 तोलाका छ छोराहरू थिए– उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम र शमूएल। तिनीहरू तोला गोत्रका परिवारहरूका प्रधान र प्रसिद्ध योद्धाहरू थिए। दाऊद राजाको समयमा तिनीहरूका सन्तानको सङ्ख्या २२,६०० थियो। 3 उज्जीको एउटा छोरो यिज्यही थिए। यिज्यही र तिनका चार छोराहरू मिखाएल, ओबदिया, योएल र यिश्याह परिवार-परिवारका प्रधान थिए। 4 तिनीहरूका यति धेरै स्वास्नीहरू र छोरा-छोरीहरू थिए कि तिनीहरूले सैनिक सेवाको निम्ति ३६,००० पुरुष दिन सक्थे। 5 इस्साखार कुलका परिवारका सरकारी सूचीमा सैनिक सेवा गर्न लायक ८७,००० पुरुषका नाम थिए। बेन्यामीन र दानका सन्तानहरू 6 बेन्यामीनका तीन छोराहरू थिए– बेला, बेकेर र येदीएल। 7 बेलाका पाँच छोराहरू थिए– यसम्बोन, उज्जी, उज्जीएल, यरीमोत र ईरी। तिनीहरू आफ्ना गोत्रका परिवारहरूका प्रधान र प्रसिद्ध योद्धाहरू थिए। तिनका सन्तानमा सैनिक सेवा गर्न लायक २२,०३४ पुरुष थिए। 8 बेकेरका नौ छोराहरू थिए– जमीरा, योआश, एलीएजर, एल्योएनै, ओम्री, यरेमोत, अबिया, अनातोत र आलेमेत। 9 सरकारी सूचीअनुसार तिनका सन्तानका परिवारहरूबाट सैनिक सेवा गर्न लायक २०,२०० पुरुषका नाम थिए। 10 येदीएलको एउटा छोरा बिल्हान थिए। बिल्हानका सात छोराहरू थिए– येऊश, बेन्यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर। 11 तिनीहरू आफ्ना गोत्रका परिवारहरूका प्रधान र सबै प्रसिद्ध योद्धाहरू थिए। तिनका सन्तानमा सैनिक सेवा गर्न लायक १७,२०० पुरुषहरू थिए। 12 शुप्पी र हुप्पी यही कुलका थिए। दानका एउटा छोरा– हुशीम थिए। नप्तालीका सन्तानहरू 13 नप्तालीका चार छोराहरू थिए– यहसेल, गुनी, येसेर र शिल्लेम। (तिनीहरू बिल्हाका सन्तानहरू थिए।) मनश्शेका सन्तानहरू 14 अरामी रखौटीबाट मनश्शेका दुई छोराहरू भए, अस्रीएल र माकीर। माकीर गिलादका बुबा थिए। 15 माकीरले हुप्पी र शुप्पीका निम्ति एक-एक वटी स्वास्नी ल्याइदिए। माकीरकी बहिनीको नाम माका थियो। माकीरको दोस्रो छोरो सलोफाद थिए। सलोफादका छोरीहरू मात्र थिए। 16 माकीरकी स्वास्नी माकाले दुई छोरा जन्माइन्। तिनको नाम तिनीहरूले पेरेश र शेरेश राखे। पेरेशका दुई छोरा थिए– ऊलाम र राकेम, 17 अनि ऊलामको एक जना बदान नाम गरेको छोरो थियो। यिनीहरू नै माकीरको छोरो मनश्शेको नाति गिलादका सन्तानहरू हुन्। 18 गिलादकी बहिनी हम्मोलेकेतका तीन छोराहरू थिए– ईशोद, अबीएजेर र महला 19 (शमीदाका चार छोरा थिए– अहियन, शकेम, लिखी र अनीआम।) एफ्राइमका सन्तानहरू 20 एफ्राइमका सन्तानहरू यी हुन्– शूतेलह, बेरेद, तहत, एलादा, तहत 21 जाबाद, शूतेलह। एफ्राइमका शूतेलहबाहेक अरू दुई छोराहरू थिए– एसेर र एलाद। ती दुई गातका आदिवासीहरूका गाई-गोरु चोर्ने चेष्टा गर्दा मारिएका थिए। 22 तिनीहरूका बुबा एफ्राइमले धेरै दिन तिनीहरूको निम्ति शोक गरे र उनका दाजुभाइहरू उनलाई सान्त्वना दिन आए। 23 त्यसपछि उनी फेरि आफ्नी स्वास्नीसित सुते र तिनले गर्भवती भएर एउटा छोरो जन्माइन्। आफ्ना परिवारमा परेको कष्टको कारणले बच्चाको नाम तिनीहरूले बरीआ राखे। 24 एफ्राइमकी एउटी शेराह नाउँ गरेकी छोरी थिइन्। तिनले माथिल्लो र तल्लो बेथ-होरोन र उज्जेन-शेराह सहरहरू बसालिन्। 25 एफ्राइमको एउटा रपाह नाम गरेको छोरा पनि थिए। रपाहका सन्तान यी हुन्– रेशेप, तेलह, तहन, 26 लादान, अम्मीहूद, एलीशामा, 27 नून र यहोशू। 28 तिनीहरूले अधीन गरी बसोबास गरेका देशभित्र बेथेल र त्यसका चारैतिरका सहरहरू, पूर्वमा नारान र पश्चिममा गेजेरसम्म र त्यसका चारैतिरका सहरहरू पनि पर्थे। त्यसभित्र शकेम र अय्याह र तिनका चारैपट्टिका सहरहरू पनि पर्थे। 29 मनश्शेका सन्तानले बेथ-शान, तानाक, मगिद्दो र डदोर अनि तिनका चारैपट्टिका सहरहरू आफ्ना हातमा लिएका थिए। यी सबै ठाउँहरूमा याकूबको छोरो योसेफका सन्तानहरू बस्थे। आशेरका सन्तानहरू 30 आशेरका सन्तानहरू यी हुन्। तिनका चार छोरा थिए– यिम्ना, यिश्वा, यिश्वी र बरीआ अनि एउटी छोरी– सेरह। 31 बरीआका दुई छोराहरू थिए– हेबेर, मल्कीएल। (मल्कीएलले बिर्जेत सहर बसाले।) 32 हेबेरका तीन छोराहरू थिए– यप्लेत, शोमेर र होताम र एउटी छोरी शूअ। 33 यप्लेतका पनि तीन छोराहरू थिए– पासक, बिम्हाल र अश्वात। 34 उनका भाइ शोमेरका चार छोराहरू थिए– अही, रोहगा, हूब्बा र अराम। 35 उनका भाइ हेलेमका चार छोराहरू थिए– सोपह, यिम्न, शेलेश र आमाल। 36 सोपहका छोराहरू सूह, हर्नेपेर, शूआल, बरी, यिम्राह, 37 बेसेर, होद, शामा, शिल्शा, यित्रान र बीरा थिए। 38 येतेरका सन्तान यपुन्ने, पिस्पा र अरा थिए। 39 उल्लाका सन्तान आरा, हन्नीएल र रिसिया थिए। 40 यी सबै आशेरका सन्तानहरू हुन्। तिनीहरू परिवार-परिवारका प्रधान र लडाइँ गर्न नाम चलेका पुरुषहरू थिए, तिनका बराबरी अरू कोही अगुवा थिएनन्। आशेरका सन्तानमा सैनिक सेवा गर्न लायक २६,००० पुरुष थिए। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society