Online Bible

- Reklamy -

१ इतिहास 3 - सरल नेपाली पवित्र बाइबल


दाऊद राजाका छोरा-छोरीहरू

1-3 उमेरअनुसार दाऊदका यी छोराहरू हेब्रोनमा जन्‍मेका थिए: अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्। दानिएल, जसकी आमा कर्मेलकी अबीगेल थिइन्। अब्‍शालोम, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्। अदोनियाह, जसकी आमा हग्‍गीत थिइन्। शपत्‍याह, जसकी आमा अबीतल थिइन्। यित्राम, जसकी आमा एग्‍ला थिइन्।

4 यी छ जना नै दाऊदले हेब्रोनमा साँढे सात वर्ष राज्‍य गरेका बेलामा जन्‍मेका थिए। राजा भई यरूशलेममा उनले तेत्तीस वर्ष राज्‍य गरे

5 अनि त्‍यहाँ उनका धेरै छोराहरू जन्‍मे। उनकी स्‍वास्‍नी अम्‍मीएलकी छोरी बतशेबाले उनका चार छोराहरू जन्‍माइन्– शम्‍मूअ, शोबाब, नातान र सोलोमन।

6 उनका अरू नौ छोराहरू थिए– यिभार, एलीशूअ, एलीपेलेत,

7 नोगह, नेपेग, यापी,

8 एलीशामा, एल्‍यादा र एलीपेलेत।

9 यी छोराहरूबाहेक दाऊदका रखौटीपट्टिका छोराहरू थिए। उनकी एउटी तामार नामकी छोरी पनि थिइन्।


सोलोमन र यहूदाका अरू राजाहरू

10 सोलोमन राजाका सन्‍तानहरू बुबापछि छोरा क्रमश: यसरी राजा भए, सोलोमन, रहबाम, अबिया, आसा, यहोशापात,

11 यहोराम, अहज्‍याह, योआश,

12 अमस्‍याह, अजर्याह, योताम,

13 आहाज, हिजकिया, मनश्‍शे,

14 आमोन र शल्‍लूम।

15 योशियाहका चार छोराहरू थिए– योहानान, यहोयाकीम, सिदकियाह र योहाश।

16 यहोयाकीमका दुई छोराहरू थिए– यहोयाकीन र सिदकियाह।


यहोयाकीन राजाका सन्‍तानहरू

17 बेबिलोनीहरूले कैद गरी लगेका यहोयाकीन राजाका सन्‍तान यी हुन्। यहोयाकीनका सात छोराहरू थिए– शालतिएल,

18 मल्‍कीराम, पदायाह, शेनस्‍सर, यकम्‍याह, होशामा र नदब्‍याह।

19 पदायाहका दुई छोरा थिए– यरुबाबेल र शिमी। यरुबाबेलका दुई छोरा थिए– मशुल्‍लाम र हनन्‍याह। उनकी एउटी छोरी थिइन्– शलोमीत।

20 उनका अरू पाँच छोराहरू थिए– हशूबा, ओहेल, बेरेक्‍याह, हसदयाह र यूशप-हेसेद।

21 हनन्‍याहका दुई छोरा थिए– पलत्‍याह र यशयाह। यशयाह रपायाहका बुबा, रपायाह अर्नानका बुबा, अर्नान ओबदिया र ओबदिया शकन्‍याहका बुबा थिए।

22 शकन्‍याहको एउटा छोरो शमायाह र पाँच नातिहरू, हत्तूश, यिगाल, बारीह, नार्याह र शापात थिए।

23 नार्याहका तीन छोराहरू थिए– एल्‍योएनै, हिस्‍कियाह र अज्रीकाम।

24 एल्‍यहोएनैका सात छोराहरू थिए– होदबिया, एल्‍यासीब, पलयाह, अक्‍कूब, योहानान, दलायाह र अनानी।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy