Online Bible

- Reklamy -

१ इतिहास 2 - सरल नेपाली पवित्र बाइबल


यहूदाका सन्‍तानहरू

1 याकूबका बाह्र छोराहरू थिए-रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,

2 दान, योसेफ, बेन्‍यामीन, नप्‍ताली, गाद र आशेर।

3 यहूदाका जम्‍मा पाँच जना छोराहरू थिए। कनानी स्‍वास्‍नी शूआबाट तीन छोराहरू एर्‌, ओनान र शेलह भए। जेठो एर्‌ यति दुष्‍ट थियो कि त्‍यसलाई परमप्रभुले मार्नुभयो।

4 आफ्‍नी बुहारी तामारबाट यहूदाका अरू दुई छोराहरू भए– फारेस र जेरह।

5 फारेसका दुई छोराहरू भए– हेस्रोन र हामूल।

6 तिनका भाइ जेरहका पाँच छोराहरू भए– जिम्री, एतान, हेमान, कलकोल र दर्दा।

7 जेरहका सन्‍तानबाट कर्मीको छोरो आकानले परमेश्‍वरलाई चढाएका लूटका सामान आफूले राखेर इस्राएलका प्रजामाथि विपत्ति ल्‍याए।

8 एतानको एक जना छोरो थियो– अजर्याह।


दाऊद राजाको वंशावली

9 हेस्रोनका तीन छोराहरू भए– यरहमेल, राम र कालेब।

10 रामदेखि यिशैसम्‍मको वंशावली यस्‍तो छ: राम, अम्‍मीनादाब, नहशोन, (तिनी यहूदाका ठूला मानिस थिए),

11 सल्‍मोन, बोअज,

12 ओबेद र यिशै।

13 यिशैका सात छोराहरू थिए, जेठो एलीआब र त्‍योपछि क्रमैसित अबीनादाब, शिमेअ,

14 नतनेल, राद्दै,

15 ओसेम र कान्‍छो दाऊद।

16 तिनकी दुईटी छोरीहरू पनि थिए– सरूयाह र अबीगेल। यिशैकी छोरी सरूयाहका तीन छोराहरू थिए– अबीशै, योआब र असाहेल।

17 उनकी अर्की छोरी अबीगेलले येतेरसित विवाह गरिन् र तिनीहरूको एउटा छोरो अमासा भयो। येतेर इश्‍माएलका सन्‍तान थिए।


हेस्रोनका सन्‍तानहरू

18 हेस्रोनका छोरा कालेबले अजूबालाई विवाह गरे र तिनीबाट एउटी छोरी यरीअत जन्‍मिन्। यरीअतका तीन छोराहरू जन्‍मे– येशेर, शोबाब र अर्दोन।

19 अजूबा मरेपछि कालेबले एप्रातलाई विवाह गरे र तिनीहरूको एउटा छोरो भयो, जसको नाम हूर थियो।

20 हूरका छोरा ऊरी र नाति बजलेल भए।

21 हेस्रोन साठी वर्ष पुग्‍दा उनले माकीरकी छोरी गिलादकी बहिनीलाई विवाह गरे। तिनीहरूको सगूब नाम गरेको एउटा छोरो भयो।

22 सगूबको एउटा छोरो याईर भयो। याईरले गिलादमा तेईस वटा सहरहरू अधीन गरेका थिए।

23 तर गशूर अराम राज्‍यहरूले याईर र केनात गाउँहरूसमेत गिलादमा साठी वटा सहर र छेउछाउका सहरहरू पनि आफ्‍ना अधीनमा लिए। त्‍यहाँका सबै बासिन्‍दाहरू गिलादका बुबा माकीरका सन्‍तान थिए।

24 हेस्रोन मरेपछि उनकी विधवा एप्रातलाई उनकै छोरा कालेबले विवाह गरे। तिनीहरूको एउटा छोरो जन्‍म्‍यो। उनको नाम अशहूर थियो। उनले तको सहर बसाले।


यरहमेलका सन्‍तानहरू

25 हेस्रोनको जेठो छोरो यरहमेलका पाँच छोराहरू थिए– जेठो राम, त्‍यसपछि बूना, ओरेन, ओसेम र अहियाह।

26-27 रामका तीन छोरा भए– मास, यामीन र एकेर। यरहमेलको अर्की एउटी अतारा नाम गरेकी स्‍वास्‍नी थिइन्, तिनले एउटा छोरो ओनामलाई जन्‍माइन्।

28 ओनामका दुई छोराहरू भए– शम्‍मै र यादा अनि शम्‍मैका पनि दुई छोराहरू थिए– नादाब र अबीशूर।

29 अबीशूरले एउटी अबीहेल नाम गरेकी स्‍त्रीलाई विवाह गरे र उनका दुई छोराहरू भए– अहबान र मोलीद।

30 अबीशूरका दाइ नादाबका दुई छोराहरू थिए– सेलेद र अप्‍पेम। सेलेद छोरा नभई मरे।

31 अप्‍पेम यिशीका बुबा भए। यिशीको छोरो शेशान र शेशानको छोरो अहलै भए।

32 शम्‍मैको भाइ यादाका दुई छोराहरू थिए– येतेर र जोनाथन। येतेर छोरो नभई मरे।

33 जोनाथनका दुई छोराहरू पेलेथ र जाजा भए। यी सबै यरहमेलका सन्‍तान थिए।

34 शेशानको छोरो थिएन, छोरीहरू मात्र थिए। उनका यरहा नाम गरेको एउटा मिश्री दास थियो।

35 आफ्‍नी एउटी छोरी उनले त्‍योसित विवाह गरिदिए। तिनीहरूको अत्तै नाम गरेको एउटा छोरो भयो।

36 अत्तैदेखि एलीशामासम्‍मको वंशावली यस्‍तो छ– अत्तै, नातान, जाबाद,

37 एपलाल, ओबेद,

38 येहू, अजर्याह,

39 हेलेस्, एलासा,

40 सिस्‍मै, शल्‍लूम,

41 यकम्‍याह र एलीशामा।


कालेबका अरू सन्‍तानहरू

42 यरहमेलका भाइ कालेबको जेठो छोराको नाम मेशा थियो। मेशा जीपका बुबा, जीप मारेशाका र मारेशा हेब्रोनका बुबा भए।

43 हेब्रोनका चार छोराहरू थिए– कोरह, तप्‍पूह, रेकेम र शेमा।

44 शेमा रहमका बुबा र योर्कामका बाजे थिए। शेमको दाजु रेकेम शम्‍मैका बुबा भए।

45 शम्‍मै माओनका र माओन बेथ-सरका बुबा थिए।

46 कालेबकी एउटी एपा नाम गरेकी रखौटी थिई र त्‍यसबाट उनका अरू तीन वटा छोराहरू जन्‍मे– हारान, मोस र गाजेज। हारानको पनि एउटा गाजेज नाम भएको छोरो थियो।

47 (यहदै नाम गरेको एउटा मानिसका छ जना छोराहरू थिए– रेगेम, योताम, गेशान, पलेत, एपा र शाप।)

48 कालेबकी अर्की एउटी रखौटी माका पनि थिई। त्‍यसले दुई छोराहरू जन्‍माई– शेबेर र तिर्हाना।

49 पछि त्‍यसले अरू दुई छोरा जन्‍माई शाप र शेबा। शापले मद्मन्‍ना सहर बसाले र शेबाले मक्‍बेना र गिबिया सहर बसाले। यीबाहेक कालेबकी एउटी अक्‍सा नाम गरेकी छोरी थिई।

50 यी तल लेखिएका पनि कालेबकै सन्‍तान हुन्: हूर कालेब र उनकी स्‍वास्‍नी एप्राताका जेठा छोरा थिए। हूरका छोरा शोबालले किर्यत-यारीम बसाले,

51 उनको माहिला छोरा सल्‍माले बेथलेहेम बसाले र साहिँला छोरा हारेपले बेथ-गादेर बसाले।

52 किर्यत-यारीम बसाल्‍ने शोबाल हारोएका हारेपले मानिसहरू आधा भाग गोत्रका मानहतीका

53 र किर्यत-यारीममा बास गर्ने यित्री, पूथी, शुमाती, मिश्राती गोत्रहरूका पुर्खा भए (सोरा र एश्‍तोल सहरका बासिन्‍दाहरू ती गोत्रका सन्‍तान थिए।)

54 बेथलेहेम बसाल्‍ने सल्‍मा नतोपाती र अत्रोत-बेथ-योआबका मानिसहरू र सोरीहरूका पुर्खा थिए। मानहतका दुई गोत्रमा एउटा सोरी गोत्र थियो।

55 (याबेस सहरमा लेखनदासका गोत्रहरू– तिराती, शिम्‍मती र सुकातीहरू बास गर्थे। ती केनी हम्‍मतका वंश थिए। हमात रेकाबीहरूका पुर्खा थिए।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy