भजनसंग्रह 3 - नेपाली नयाँ संशोधित संस्करणसहायताको निम्ति बिहानको प्रार्थना आफ्नो छोरो अब्शालोमदेखि भाग्दा दाऊदको भजन 1 हे परमप्रभु, मेरा शत्रुहरू कति धेरै छन्! मेरो विरुद्धमा उठ्नेहरू धेरै छन्। 2 मेरो विषयमा धेरैले भनिरहेछन्, “परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछैन।” सेला 3 तर हे परमेश्वर, तपाईं मेरो वरिपरि एक ढाल हुनुहुन्छ, तपाईं मेरो गौरव र मेरो शिर उच्च पारिदिने हुनुहुन्छ। 4 म चर्को सोरले परमप्रभुमा पुकार गर्दछु, र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्छ। 5 म पल्टन्छु, र निदाइहाल्छु, म फेरि बिउँझन्छु, किनभने परमप्रभुले नै मलाई सम्हाल्नुहुन्छ। 6 मेरो विरुद्धमा मेरा चारैतिर घेरा हाल्ने दशौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ। 7 हे परमप्रभु, उठ्नुहोस्! हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्! मेरा सबै शत्रुहरूका गालामा चड्काउनुहोस्। दुष्टहरूका दाँत भाँचिदिनुहोस्। 8 छुटकारा परमप्रभुबाट आउँछ। तपाईंको आशीर्वाद तपाईंका प्रजामाथि रहोस्! सेला |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society