Online Bible

- Reklamy -

भजनसंग्रह 2 - नेपाली नयाँ संशोधित संस्करण


परमप्रभुले अभिषेक गर्नुभएको राजा

1 जाति-जातिहरू किन षड्‌यन्‍त्र रच्‍छन्‌, र मानिसहरू किन व्‍यर्थका जाल रच्‍छन्‌?

2 परमप्रभु र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्‍वीका राजाहरू खड़ा हुन्‍छन्‌, र शासकहरू आपसमा सल्‍लाह गर्छन्‌।

3 तिनीहरू भन्‍छन्‌, “हामी उनीहरूका साङ्‌लाहरू छिनालौं,” “र उनीहरूका बन्‍धनहरू फुकाऔं।”

4 स्‍वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्‍नुहुन्‍छ, परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्‍छ।

5 तब आफ्‍नो क्रोधमा उहाँले तिनीहरूलाई हप्‍काउनुहुनेछ, र आफ्‍नो बल्‍दो कोपमा तिनीहरूलाई यसो भन्‍दै त्रस्‍त पार्नुहुनेछ:

6 “मैले आफ्‍नो पवित्र पर्वत सियोनमा मेरो आफ्‍नो राजालाई नियुक्त गरेको छु।”

7 परमप्रभुको यो आदेश म घोषणा गर्नेछु, उहाँले मलाई भन्‍नुभयो, ‘तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्‍माएको छु।’

8 मसँग माग, र म जातिहरूलाई तिम्रो उत्तराधिकार तुल्‍याइदिनेछु, र समस्‍त पृथ्‍वी तिम्रो निजी सम्‍पत्ति तुल्‍याइदिनेछु।

9 फलामको राजदण्‍डले तिमीले तिनीहरूमाथि शासन गर्नेछौ, र कुमालेको भाँड़ालाई झैँ तिमीले तिनीहरूलाई चकनाचूर पार्नेछौ।

10 यसकारण हे राजा हो, बुद्धिमान्‌ होओ, पृथ्‍वीका शासक हो, सावधान!

11 भय मानेर परमप्रभुको सेवा गर, र कम्‍पनसाथ आनन्‍द मनाओ।

12 पुत्रलाई चुम्‍बन गर, नत्रता उहाँ रिसाउनुहुनेछ, र तिमीहरू बाटैमा नष्‍ट हुनेछौ, किनभने उहाँको कोप चाँड़ै दन्‍कन्‍छ। ती सबै धन्‍य हुन्‌, जो उहाँको शरण पर्दछन्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy