Online Bible

- Reklamy -

भजनसंग्रह 150 - नेपाली नयाँ संशोधित संस्करण


परमप्रभुको प्रशंसा

1 हल्‍लेलूयाह! परमप्रभुलाई उहाँको पवित्रस्‍थानमा प्रशंसा गर, उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर!

2 उहाँका शक्तिशाली कार्यहरूका निम्‍ति उहाँको प्रशंसा गर! उहाँको उत्‍कृष्‍ट महानताको निम्‍ति उहाँको प्रशंसा गर!

3 तुरही बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर!

4 खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!

5 झ्‍यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर। गुञ्‍जायमान पार्ने झ्‍यालीहरू बजाएर उहाँको प्रशंसा गर!

6 सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्‌! हल्‍लेलूयाह!

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy