Online Bible

- Reklamy -

भजनसंग्रह 15 - नेपाली नयाँ संशोधित संस्करण


परमेश्‍वरले चाहनुभएको मानिस
दाऊदको भजन

1 हे परमप्रभु, तपाईंको पवित्रस्‍थानमा कसले वास गर्न पाउनेछ? तपाईंको पवित्र पर्वतमा को बस्‍न पाउनेछ?

2 त्‍यो मानिस, जसको चाल निर्दोष छ, र जसले ठीक-ठीक काम गर्छ, र हृदयबाट सत्‍य बोल्‍छ,

3 जसले आफ्‍नो जिब्रोले अरूको निन्‍दा गर्दैन, जसले आफ्‍नो छिमेकीको बिगार गर्दैन, र आफ्‍नो साथी-भाइको अपवाद फैलाउँदैन,

4 जसले भ्रष्‍ट मानिसलाई घृणा गर्दछ, तर परमप्रभुको भय मान्‍नेहरूलाई आदर गर्दछ, जसले आफ्‍नो हानि हुँदा पनि आफूले प्रतिज्ञा गरेको कुरा बद्‌लँदैन,

5 जसले आफ्‍नो रुपियाँ व्‍याजमा लाउँदैन, र निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्‍ता काम गर्ने कहिल्‍यै पनि डग्‍नेछैन।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy