Online Bible

- Reklamy -

भजनसंग्रह 146 - नेपाली नयाँ संशोधित संस्करण


उद्धारक परमेश्‍वरको प्रशंसा

1 हल्‍लेलूयाह! ए मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌!

2 म जीवनभरि परमप्रभुको प्रशंसा गर्नेछु, म जीवित रहुञ्‍जेल मेरा परमेश्‍वरको स्‍तुति गाई नै बस्‍नेछु।

3 आफ्‍नो भरोसा संसारका शासकहरूमाथि नराख, मरणशील मानिसमाथि, जसले बचाउन सक्‍दैनन्‌।

4 जब तिनीहरूको आत्‍मा निस्‍कन्‍छ, तिनीहरू माटोमा मिलिहाल्‍छन्‌। त्‍यही दिन तिनीहरूका योजनाहरू पनि नष्‍ट हुन्‍छन्‌।

5 त्‍यो मानिस धन्‍यको हो, जसको सहायता याकूबका परमेश्‍वरमा छ, जसको आशा परमप्रभु त्‍यसका परमेश्‍वरमा हुन्‍छ।

6 उहाँ स्‍वर्ग र पृथ्‍वी, समुद्र र त्‍यसमा भएका यावत्‌ थोकका सृष्‍टिकर्ता हुनुहुन्‍छ। परमप्रभु सदाकालको निम्‍ति विश्‍वासयोग्‍य रहनुहुन्‍छ।

7 उहाँले अत्याचारमा परेकाहरूका पक्षमा न्‍याय दिनुहुन्‍छ, र भोकाहरूलाई भोजन दिनुहुन्‍छ। परमप्रभुले कैदीहरूलाई मुक्त गरिदिनुहुन्‍छ।

8 परमप्रभुले अन्‍धाहरूका आँखा खोलिदिनुहुन्‍छ। परमप्रभुले दबिएकाहरूलाई उठाउनुहुन्‍छ। परमप्रभुले धर्मीजनलाई प्रेम गर्नुहुन्‍छ।

9 विदेशीहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्‍छ! अनाथ र विधवालाई उहाँले सम्हाल्‍नुहुन्‍छ, तर दुष्‍टहरूका युक्तिहरू उहाँले विफल पार्नुहुन्‍छ।

10 परमप्रभुले सदासर्वदा राज्‍य गर्नुहुनेछ, ए सियोन, तिम्रा परमेश्‍वरले पुस्‍तौँ-पुस्‍तौँसम्‍म राज्‍य गर्नुहुनेछ। हल्‍लेलूयाह!

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy