Online Bible

- Reklamy -

भजनसंग्रह 137 - नेपाली नयाँ संशोधित संस्करण


बेबिलोन देशमा निर्वासितहरूको गीत

1 बेबिलोनका नदीहरूका किनारमा बसेर, सियोनको स्‍मरण गर्दा हामी रोयौं।

2 त्‍यहाँका बैँसका रूखहरूमा हामीले आफ्‍ना वीणाहरू झुण्‍ड्यायौं।

3 किनकि हामीलाई कैद गरेर लानेहरूले त्‍यहाँ हामीलाई गीत गाउन लाए, र हामीलाई सास्ती दिनेहरूले हामीबाट आनन्‍दका गीतको माग गरे। तिनीहरूले भने, “हाम्रा निम्‍ति सियोनका गीतमध्‍ये एउटा गीत गाओ।”

4 बिरानो देशमा परमप्रभुका गीत हामी कसरी गाउन सक्‍छौं?

5 हे यरूशलेम, मैले तँलाई बिर्सेको भए, मेरो दाहिने हातले आफ्‍नो सीप भुलोस्‌।

6 मैले तँलाई नसम्‍झेको भए, यदि मैले यरूशलेमलाई मेरो सर्वश्रेष्‍ठ आनन्‍द नठानेको भए, मेरो जिब्रो तालुमा टाँसिजाओस्‌।

7 यरूशलेमको पतन भएको दिन, हे परमप्रभु, एदोमीहरूले के काम गरे, स्‍मरण गर्नुहोस्‌। तिनीहरूले चीत्‍कार गरे, “यसलाई भत्‍काओ, जगैदेखि त्‍यसको विध्‍वंस गर।”

8 विनाश निश्‍चित भएकी हे बेबिलोनकी छोरी, तैंले हामीमाथि जे गरिस्‌, त्‍यसको लागि तँमाथि प्रतिशोध लिने धन्‍यको हो,

9 त्‍यो जसले तेरा ससाना बच्‍चाहरूलाई समातेर, चट्टानमा पछार्दछ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy