रात्रिको स्तुतिगानयात्राको गीत 1 परमप्रभुका सबै सेवकहरू, परमप्रभुको प्रशंसा गर, तिमीहरू जो परमप्रभुको भवनमा राती उहाँको सेवा गर्दछौ।
2 पवित्रस्थानमा आफ्ना हात उचाली, परमप्रभुको प्रशंसा गर।
3 स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परमप्रभुले तिमीलाई सियोनबाट आशीर्वाद देऊन्।