Online Bible

- Reklamy -

भजनसंग्रह 133 - नेपाली नयाँ संशोधित संस्करण


दाजुभाइहरूको एकता
यात्राको निम्‍ति दाऊदको गीत

1 दाजुभाइहरू एकतामा बस्‍नु कति भलो र मनोहर कुरा हुन्‍छ।

2 यो त शिरमा लगाइएको मूल्‍यवान्‌ तेलजस्‍तो हुन्‍छ, जो हारूनको दाह्रीसम्‍म बगिआउँछ, जो तिनका पोशाकको कठालोसम्‍मै बगेर जान्‍छ।

3 त्‍यो हेर्मोन डाँड़ाको शीत सियोन पर्वतमा परेजस्‍तै हुन्‍छ। किनकि त्‍यहीँ परमप्रभुले सदाकाल जीवनको आशिष्‌ खन्‍याउनुहुन्‍छ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy