भजनसंग्रह 130 - नेपाली नयाँ संशोधित संस्करणक्षमा र दयाको लागि प्रार्थना यात्राको गीत 1 हे परमप्रभु, म तपाईंलाई गम्भीर सङ्कष्टको स्थितिमा पुकार गर्दछु। 2 हे परमप्रभु, मेरो पुकार सुनिदिनुहोस्! कृपाको लागि गरिएको मेरो पुकारमा तपाईंका कानले ध्यान देऊन्। 3 हे परमप्रभु, तपाईंले पापको लेखा लिनुभयो भने त, हे प्रभु, को खड़ा हुन सक्छ र? 4 तर तपाईंमा क्षमा छ, र नै तपाईंको भय मानिन्छ। 5 म परमप्रभुको प्रतीक्षा गर्छु, मेरो प्राणले प्रतीक्षा गर्छ, अनि उहाँको वचनमा म आशा राख्तछु, 6 पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढ़ी, मेरो प्राणले परमप्रभुको प्रतीक्षा गर्छ। 7 हे इस्राएल, परमप्रभुमा आफ्नो आशा राख् किनभने परमप्रभुमा नै अचूक कृपा छ, अनि उहाँमा नै सम्पूर्ण उद्धार छ। 8 उहाँले नै मोल तिरेर इस्राएललाई तिनीहरूका सबै पापबाट छुटाउनुहुनेछ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society