Online Bible

- Reklamy -

भजनसंग्रह 129 - नेपाली नयाँ संशोधित संस्करण


शत्रुहरूमाथि विजयको प्रार्थना
यात्राको गीत

1 तिनीहरूले मेरो जवानीदेखि नै मलाई असाध्‍यै कष्‍ट दिएका छन्‌: इस्राएलले भनोस्‌:

2 तिनीहरूले मेरो जवानीदेखि मलाई असाध्‍य कष्‍ट दिएका छन्‌, तापनि तिनीहरू ममाथि विजयी भएका छैनन्‌।

3 हलीहरूले मेरो पिठिउँमा हलो जोते, र पिठिउँभरि लामा हलरेखाले कोरे।

4 तर परमप्रभु धर्ममय हुनुहुन्‍छ, र उहाँले दुष्‍टहरूका बन्‍धन छिनालिदिनुभएको छ।

5 सियोनलाई घृणा गर्नेहरू, सबै शर्ममा परून्‌, र हटेर जाऊन्‌।

6 तिनीहरू घरका धुरीमा भएको घाँसजस्‍तै होऊन्‌, जो बढ्‌न अघि नै ओइलाइहाल्‍छ,

7 र जसबाट घाँस काट्‌नेले एक मुट्ठी काट्‌न सक्‍दैन, र बिटा बाँध्‍नेले एक अँगालो पनि भर्न सक्‍दैन।

8 त्‍यताबाट भएर जानेहरूले कदाचित्‌ नभनून्‌, “परमप्रभुको आशीर्वाद तिमीमाथि रहोस्‌! परमप्रभुको नाउँमा हामी तिमीलाई आशीर्वाद दिन्‍छौं।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy