भजनसंग्रह 128 - नेपाली नयाँ संशोधित संस्करणपरमप्रभुका आज्ञाकारीहरूलाई आशिष् यात्राको गीत 1 परमप्रभुको भय मान्नेहरू सबै धन्यका हुन्, जो उहाँका इच्छाअनुसारका चालहरूमा चल्छन्। 2 तिमीले आफ्नो परिश्रमको फल खानेछौ, आशिष् र सब किसिमका फलिफाप तिमीले पाउनेछौ। 3 तिम्री पत्नी तिम्रो घरभित्र फलवन्त दाखको लताजस्तै, अनि तिम्रा छोरा-छोरीहरू तिम्रो टेबिलको वरिपरि जैतूनका मुनाहरूजस्तै हुनेछन्। 4 यसरी परमेश्वरको भय मान्ने मानिस आशिषित हुनेछ। 5 परमप्रभुले तिम्रो जीवनभर सियोनबाट तिमीलाई आशीर्वाद देऊन्। तिमीले यरूशलेमको समृद्धि देख्न पाओस्, 6 र तिमीले तिम्रा नाति-पनातिलाई देख्न पाऊ। इस्राएलमा शान्ति आओस्। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society