Online Bible

- Reklamy -

भजनसंग्रह 127 - नेपाली नयाँ संशोधित संस्करण


सुदिन दिनुहुने परमेश्‍वर
यात्राको निम्‍ति सोलोमनको गीत

1 परमप्रभुले नै घर नबनाउनुभए त, बनाउनेहरूले गरेको परिश्रम व्‍यर्थ हुन्‍छ। परमप्रभुले सहरको रक्षा नगर्नुभए त, पालेहरूले गरेको रखवाली व्‍यर्थ हुन्‍छ।

2 भोजनको निम्‍ति परिश्रम गर्नलाई बिहान सबेरै उठ्‌नु, र राती अबेर सुत्‍न जानु व्‍यर्थ छ, किनकि उहाँले आफ्‍ना प्रियहरूलाई निद्रा दिनुहुन्‍छ।

3 छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्‌, छोराछोरीहरू उहाँका इनाम हुन्‌।

4 योद्धाको हातमा भएका काँड़हरूझैँ, युवावस्‍थामा जन्‍मेका छोराहरू हुन्‍छन्‌,

5 त्‍यो मानिस धन्‍यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्‍छ। मूल ढोकामा आफ्‍ना शत्रुहरूको सामना गर्नुपर्दा, तिनीहरू शर्ममा पर्नेछैनन्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy